Tuesday, June 11, 2013

एसएलसी परीक्षाको नतिजा सार्वजनिक

काठमाडौ, जेठ २८ – (अपडेट) परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षाफल हेर्न परीक्षा नियन्त्रणको कार्यालयको वेवसाइट www.soce.gov.np मा क्लिक गर्नुहोला ।
उत्तीर्ण प्रतिशत र अरु थप जानकारी भने अहिले साढे तीन बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भैरहेको छ । स्रोतका अनुसार नियमित तर्फ ४१ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षाफल प्रकाशित गर्नका लागि पत्रकार सम्मेलन गर्नुअघि नै पनिकाले आफ्नो वेवसाइटमा परीक्षाफल राखेको हो ।
यसअघि बिहान परीक्षा समितिको बोर्ड बैठक बसेको थियो ।
एसएलसीको नतिजा सार्वजनिक भए लगत्तै शिक्षा मन्त्रालय, शिक्षा विभाग, परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेवसाइटसँगै उज्यालो ९० नेटवर्कको एसएमएस सेवाबाट पनि थाहा पाउन सकिन्छ ।
यसरी गर्ने एसएमएस
मोबाइलको म्यासेज बक्समा slc टाइप गरी एक स्पेस दिएर अल्फाबेट सहितको सिम्बोल नम्बर (जस्तै slc 0455555B) लेखी ५५६६ मा एसएमएस पठाएमा नतिजा थाहा हुन्छ ।
यस्तै शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np शिक्षा विभागकोwww.doe.gov.np परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np र नेपाल टेलिकमको slc.ntc.net.np मा गएर नतिजा थाहा पाउन सकिन्छ ।
यस्तै नेपाल टेकिमको १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ । यसवर्ष कार्यालयले शुल्क तिरेर पत्रिकामा नतिजा नछाप्ने बताएको छ ।
गएको चैतमा भएको एसएलसी परीक्षामा नियमित तर्फ ४ लाख ३० हजार ९७ र एक्जाम्टेडतर्फ १ लाख १७ हजार ६८ गरी ५ लाख ४७ हजार एकसय ६५ विद्यार्थी सहभागी थिए ।

0 comments:

Post a Comment