२०७० जेठ ३० - अमेरिकी सेलिब्रेटीहरूलाई मन पर्ने फेसन डिजाइनरका रूपमा स्थापित प्रबल गुरुङलाई पछ्याउँदै एक नेपाली चेली अमेरिकाको मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छिन्। काठमाडौंकी वर्षा थापा अहिले अमेरिकामा व्यावसायिक मोडलको पहिचान बनाउने क्रममा छिन्। २३ वर्ष अघि सन् १९८९ को डिसेम्बर १६ मा काठमाडौंमा जन्मिएकी वर्षा ५ फिट १० इन्च अग्ली छिन्। काठमाडौंमै छँदा केही अंग्रेजी म्यागजिनका आवरण पृष्ठका लागि मोडलिङ गरिसकेकी वर्ष वर्ष २०१२ देखि अमेरिकी मोडलिङमा सक्रिय भएकी हुन्। वर्षाले सन् २०१२ मा अमेरिकामा सम्पन्न स्पि्रङ/समर २०१२ शीर्षकको फेसन शोमार्फत अमेरिकी र्याम्पमा डेब्यु गरेकी हुन्। त्यसपछि उनले न्युयोर्कमा सम्पन्न न्युयोर्क फेसन विकमा समेत क्याटवाक गरिन्। उक्त फेसन विकमा वर्षाले नेपाली डिजाइनर प्रबल गुरुङका साथै प्याटि्रक इर्भेल, फिलिप लिम, सुनो आदि चर्चित डिजाइनरका पहिरन प्रदर्शन गरेकी थिइन्।
0 comments:
Post a Comment